लुटेरा समूहले बाँसको भर्याङ प्रयोग गरी छतमाथिबाट घरभित्र प्रवेश गरी नगद तथा गरगहना लुटेको प्रहरीले जनाएको छ । मध्य रातमा घरमा प्रवेश गरेको लुटेरा समूहले हतियार देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ ।
काठमाडौं : सिराहाको कल्याणपुर नगरपालिका ३ इटारी प्रसाहीका रामदेव मण्डलको घरमा बुधबार राति लुटपाट भएको छ । ८–१० जनाको समूहमा आएका लुटेरा समूहले मण्डलको घरमा रहेको १ लाख रुपैयाँ, १८ तोला सुन, ७ सय ग्राम चाँदी र ऋण दिएको फाइल लुटेको हो ।
लुटेरा समूहले बाँसको भर्याङ प्रयोग गरी छतमाथिबाट घरभित्र प्रवेश गरी नगद तथा गरगहना लुटेको प्रहरीले जनाएको छ । मध्य रातमा घरमा प्रवेश गरेको लुटेरा समूहले हतियार देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ ।
लुटपाटपछि लुटेरा समूहले २ थान कटुवा पेस्तोल त्यहीँ छाडेर भागेको प्रहरीले जनाएको छ । लुटेराको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।