जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रहरी टोलीले बम्जनको सिन्धुली आश्रममा बस्दै आएका सिन्धुली कमलामाई नगरपालिका ८ का ईन्द्रबहादुर स्याङतानलाई पक्राउ गरेको जनाएको छ ।
काठमाडौं : रामबहादुर बम्जनको आश्रमबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रहरी टोलीले बम्जनको सिन्धुली आश्रममा बस्दै आएका सिन्धुली कमलामाई नगरपालिका ८ का ईन्द्रबहादुर स्याङतानलाई पक्राउ गरेको जनाएको छ ।
बम्जनको आश्रमबाट हराएको भन्दै पीडित परिवारले दिएको उजुरीका आधारमा प्रहरीले छानबिन गरिरहेको र सोही सम्बन्धमा अनुसन्धानका लागि स्याङतानलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी रामेश्वर यादवले जानकारी दिए ।
पक्राउ परेका स्याङतानलाई प्रहरी थुनामा राखी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।