सेनाको प्रवक्तामा यामप्रसाद ढकाल

यसअघिका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जनसम्पर्क तथा सूचना निर्देशनालयमा आयोजित एक कार्यक्रममा ढकाललाई बिहीबार कार्यभार हस्तान्तरण गरेका हुन् ।

काठमाडौं : नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी यामप्रसाद ढकालले पाएका छन् ।

यसअघिका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जनसम्पर्क तथा सूचना निर्देशनालयमा आयोजित एक कार्यक्रममा ढकाललाई बिहीबार कार्यभार हस्तान्तरण गरेका हुन् ।

पूर्वप्रवक्ता भण्डारीलाई तालिम शिक्षालय खरिपाटीमा सरुवा गरिएको छ ।