नेपाल—भारत सचिवस्तरीय सयुक्त ऊर्जा बैठकमा जलस्रोत सचिव डा. संजय शर्मालाई पठाइने

पुस १९ र २३ गते बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए ।

काठमाडाैं । सरकारले भारतको नयाँ दिल्लीमा हुने नेपाल—भारत सचिव स्तरीय संयुक्त जलस्रोत समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव डा. संजय शर्मालाई पठाउने निर्णय गरेको छ ।

पुस १९ र २३ गते बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए । शर्मासहित नेपाली प्रतिनिधीमण्डलको नेतृत्व गर्दै भारतको जलस्रोत समितिको बैठकमा पठाइने बास्कोटाले बताए ।