एसियाली स्टकको उदय, अस्थिरताको चिन्ताले येन चिप्लियो

जापानी अर्थमन्त्री तारो आसोले विनिमय दरमा अचानक गरिएको परिवर्तन एउटा समस्या हो भनेपछि येनको मूल्यमापाँच दिनको वृद्धि हल्ट भयो । येनको स्तरबारे टिप्पणी गर्न अर्थमन्त्री आसोले चाहेनन् । केही दिनको बिदापछि खुलेको अमेरिकी बोन्ड बजार भने स्थिर देखियो ।

सन् २००६ पछि एसियाली इक्विटीको सबैभन्दा राम्रो सुरुआत भएको बजारमा मङ्गलबार पनि सबैभन्दा धेरै सेयर कारोबार भएकाले लगातार बढ्यो । जापानी मुद्रा चार महिनाकै उच्च स्तरमापुग्ने वृद्धिलाई अधिकारीहरूले केही सीमित गर्न सक्छन् भन्ने चिन्ताले जापानी येनमा गिरावट आयो ।
जापानी सेयर दशकौंको उच्चतम बिन्दु नजिक रहिरहे, जबकि हङकङका सेयरहरू माथि पुगे । अस्ट्रेलियाली सेयर चिप्लिए । जापानी अर्थमन्त्री तारो आसोले विनिमय दरमा अचानक गरिएको परिवर्तन एउटा समस्या हो भनेपछि येनको मूल्यमापाँच दिनको वृद्धि हल्ट भयो । येनको स्तरबारे टिप्पणी गर्न अर्थमन्त्री आसोले चाहेनन् । केही दिनको बिदापछि खुलेको अमेरिकी बोन्ड बजार भने स्थिर देखियो ।

दुई वर्षभन्दा बढी समयदेखि सबैभन्दा बलियो स्थितिमा व्यापार गरिरहेको चीनको युआनमाथि सबैको आँखा जान्छ । र, यसको वृद्धिका लागि सम्भव भएसम्मका कदम चाल्ने अडकलहरूलाई निश्चित गर्छ । ठोस अमेरिकी आर्थिक विकासको पृष्ठभूमि हुँदाहुँदै पनिग्रीनब्याकको कमजोरी छैटौं हप्तासम्म यथावत् छ । युरोप र जापानका केन्द्रीय बैङ्कहरूबाट सम्भावित ह्वाकिस पोलिसी परिवर्तन, यूरो क्षेत्रमा सुधारोन्मुख राजनीतिक दृष्टिकोण र वैश्विक विस्तारको लयात्मक प्रकृतिले उत्साहित देखिन्छ, जुन उदाउँदो बजार, अर्थव्यवस्थार भौतिक सम्पत्तिहरूलाई पनि अघि बढाउँछ ।
उता, ओपेक राष्ट्रका सदस्यहरूले आउटपुट प्रतिबन्धहरूलाई जारी राख्ने भनेपछि लन्डनमा ब्रेन्ट कच्चा तेलको मूल्य तीन वर्षकै सबैभन्दा तल्लो स्तरमा झर्यो । निकलसँगै औद्योगिक धातुहरूमा पनि गिरावट आयो ।

बाजारमा भएका साताका मुख्य मुख्य गतिविधहरू

स्टक्स
टोकियोमा अपराह्न १२.३० बजे टोपिक्स इन्डेक्स ०.४ प्रतिशतले बढ्यो ।
हङकङको ह्याङ सेङ इन्डेक्स१.१ प्रतिशतलेबढेर उच्चतम बिन्दुमा पुगेर बन्द हुने नयाँ रेकर्डमा पुग्यो ।
अस्ट्रेलियाको एसएन्डपी र एएसएक्स २०० इन्डेक्स ०.२ प्रतिशतको गिरावट आयो ।
एसएन्डपी ५०० इन्डेक्समा प्mयूचर्स रेकर्डमा उच्चतमका लागि ०.२ प्रतिशत प्राप्त गर्यो ।
मुद्रा
ब्लुमबर्ग डलर स्पोट इन्डेक्स ०.१ प्रतिशत बढ्यो, साताको पहिलो प्रगति ।
जापानी येन ०.३ प्रतिशतले झरेर ११०.९१ प्रति डलर, एक हप्ताभन्दा पहिल्यैको पहिलो पुनरागमन र लगभग चार हप्तामा सबैभन्दा ठूलो गिरावट ।
युरो १.२२६६ डलरमा हुँदा ०.०५ प्रतिशतभन्दा पनि थोरै कमायो, यो लगातार पाँचौं प्रगतिसहित तीन वर्षमा सबैभन्दा बढी बलियो रह्यो ।

ऋणपत्र
दसवर्षे ट्रेजरीको नाफा २.५५ प्रतिशतमा अपरिवर्तित रह्यो ।
जापानको १० वर्षे आय एक आधार अङ्कभन्दा कम०.०७८ प्रतिशतले बढेको छ ।
कमोडिटिज
वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेलको मूल्य ०.४ प्रतिशत बढेर दुई वर्षयताकै उच्चतम दर ६४.५६ डलर प्रतिब्यारेल पुग्यो । ब्रेन्ट कच्चा तेल ०.३ प्रतिशत घटेर७०.०५ डलर प्रतिब्यारेल भयो ।
सुनको मूल्य ०.१ प्रतिशतले बढेर चार महिनाको लगातार पाँचौं उच्च बिन्दु १३४१.२९ डलर प्रतिऔंस पुग्यो ।
एलएमई कपर ०.२ प्रतिशत घटेर ७१९७.०० डलर प्रति मेट्रिक टन भयो ।

एजेन्सीको सहयोगमा