अजेय सुमार्गीले निकालेको रकम फिर्ता गराउन सर्वोच्चले बैङ्कलाई पत्र काट्यो

सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासले सुमार्गीले निकालेको रकम फिर्ता गराउन आदेश गरेसँगै सर्वोच्चले बैङ्कलाई पत्र पठाएको हो ।

काठमाडौं : सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश दीपकराज जोशीको इजलासले गरेको निणर्यलाई उल्ट्याउँदै सर्वोच्चले अजेय सुमार्गीले झिकेको रकम पुरानै अवस्थामा राख्न नेपाल राष्ट्र बैङ्क र इन्भेष्टमेन्ट बैङ्कलाई पत्र लेखे काटेको छ ।

सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासले सुमार्गीले निकालेको रकम फिर्ता गराउन आदेश गरेसँगै सर्वोच्चले बैङ्कलाई पत्र पठाएको हो ।

गत पुस १० गते सर्वोच्चका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले रकम झिक्न अल्पकालीन आदेश दिएको भन्दै सुमार्गीले बैङ्कमा रहेको रकम निकालेका थिए ।

इन्भेष्टमेन्ट बैङ्कमा मुक्तिश्री सिमेन्टका लागि भन्दै भित्र्याएको रकम शङ्कास्पद रहेको भन्दै राष्ट्र बैङ्कले रोक्का राखेको थियो ।