थापाले विगत १४ दिनदेखि कमलादीको तिरुपति होटेलमा बसेर आफू प्रहरीको डीएसपी भन्दै ठगी गर्ने गरेको अनुसन्धानमा खुलेको परिसरका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
काठमाडाैं : नक्कली डीएसपी बनेर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार राति कमलादीबाट भक्तपुर निवासी ३५ वर्षीय अनिल थापालाई पक्राउ गरेको हो । थापाले विगत १४ दिनदेखि कमलादीको तिरुपति होटेलमा बसेर आफू प्रहरीको डीएसपी भन्दै ठगी गर्ने गरेको अनुसन्धानमा खुलेको परिसरका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
होटेलको २०३ नम्बर कोठा बुक गरेर डीएसपी भीम किरण बोगटीको नाममा उनीहरुले ठगि गरिरहेका थिए । होटेलको बिल ८० हजार रुपैयाँभन्दा बढी उठिसकेको थियो । थापाले होटेलमा मात्र होइन दरबारमार्ग, ठमेल, क्षेत्रपाटीलगायत क्षेत्रमा डीएसपी भन्दै व्यापारीलाई धम्काएर पैसा असुल्ने गरेको पनि प्रहरीको अनुसन्धानमा देखिएको छ।
थापाले देखाएको भिजिटिङ कार्ड नक्कली भए पनि उनले भनेका व्यक्ति भने सक्कली नै हुन् ।