साझाको सहकारी पुरस्कार कृषि केन्द्रीय संघलाई

शुक्रबार ललितपुरमा भएको संस्थाको ३४ औं साधारणसभाका अवशरमा नेपालको सवैभन्दा पुरानो सहकारी संस्था साझा सेवा सहकारीले प्रदान गर्ने कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार कृषिको केन्द्रीय संघलाई प्रदान गरिएको हो ।

काठमाडाैं । साझा सेवा सहकारीले हरेक वर्ष प्रदान गर्ने कमलमणि स्मृती साझा सेवा सहकारी पुरस्कार नेपाल कृषि सहकारी केन्द्रीय संघलाई प्रदान गरिएको छ । शुक्रबार ललितपुरमा भएको संस्थाको ३४ औं साधारणसभाका अवशरमा नेपालको सवैभन्दा पुरानो सहकारी संस्था साझा सेवा सहकारीले प्रदान गर्ने कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार कृषिको केन्द्रीय संघलाई प्रदान गरिएको हो ।

नेपालको ग्रामीण क्षेत्रमा सहकारी संस्थाको निर्माण र सदस्यहरुको आर्थिक, सामाजिक एंव सचेतनाको अवस्थामा सुधार ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै २० वटा केन्द्रीय संघ मध्ये नेपाल कृषि सहकारी केन्द्रीय संघलाई उत्कृष्ट सहकारीका रुपमा नगद ५० हजार सहति सम्मान पत्रले पुरस्कृत गरिएको हो ।

कार्यक्रममा राष्ट्रीय सहकारी महासंघका अध्यक्ष केशव बडालले गाउँका साना किसानहरुलाई एकीकृत बनाएर मुलधारमा ल्याउन सहयोग गरेको प्रति सम्मान स्वरुप कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कारका लागि सिफारिस गरिएको बताए ।

अध्यक्ष बडालले नेपाल कृषि सहकारी केन्द्रीय संघले लोपउन्मुख, पिछडीएको वर्ग, जात जाती र समुदायको जीवनस्तर सुधारमा खेलेको भुमिका महत्वपूर्ण र उदाहरणीय रहेको बताए ।

कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. तथा सना किसान लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेम बहादुर पाठकले नेपालकै पुरानो सहकारीले प्रदान गर्ने पुरस्कार प्रप्त गर्न देशभरका साना किसानहरुको साथ सहयोग र विश्वसले नै सहयोग पुगेको बताए । उनले आगमी दिनमा अफ्ना कार्यक्रमरुलाई अझै व्यवस्थित र प्रभावकारी बनाउँदै अगाडी बढ्ने चुनौती थएिको भन्दै यसका नेपालमा सरकार, सहकारी र निजी क्षेत्रको सहभागीतमा विकास र परिवर्तनको साझा मुद्धालाई एकैसाथ अगाडी बढाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, साझा सेवा सहकारी संस्थाका अध्यक्ष भीमबहादुर अधिकारी लगाएतले कृषि सहकारीले समाज सुधारका लागि गरेको काम प्रति खुसी व्यक्त गरे । उनले आगामी दिनमा पनि कृषि उत्पादन, उत्पादकत्व बढाउनका साथै सदस्यहरुको जीवन सुधारका लागि काम गर्न पनि शुभकामना दिए ।