उपचार गर्न जाने भन्दै गत पुस २६ गते घरबाट निस्किएका आमा छोरा स्थानीय उदिनढुङ्गा भन्ने जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ ।
काठमाडौं : उपचार गर्न नेपालगञ्ज हिँडेका रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ की ३० वर्षीया रेनुका केसी शाह र २० महिनाको छोरा एटियम जङ्गलमा मृत फेला परेका छन् ।
उपचार गर्न जाने भन्दै गत पुस २६ गते घरबाट निस्किएका आमा छोरा स्थानीय उदिनढुङ्गा भन्ने जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ ।
प्रहरीका अनुसार जङ्गलमा छोरा झुन्डिएको र आमा भुइँमा लडेको अवस्थामा शव फेला परेको छ । शनिबार दाउरा काट्न जङ्गल गएका स्थानीयले आमा छोराको शव फेला पारेका थिए ।
स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।