भन्सार छलीको सुनसहित विमानस्थलबाट एक पक्राउ

श्रेष्ठले यूएई, कतारलगायतका मुलुकबाट फर्किने कामदारसँग प्रतिव्यक्ति ५०/५० ग्राम सुन ल्याउन लगाउने गरेको परिसरका प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले बताए ।

काठमाडौं : प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २५० ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले २ सय ५० ग्राम अवैध भन्सार छलीको सुनसहित धनकुटाका २८ वर्षीय समीर श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठले यूएई, कतारलगायतका मुलुकबाट फर्किने कामदारसँग प्रतिव्यक्ति ५०/५० ग्राम सुन ल्याउन लगाउने गरेको परिसरका प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले बताए ।

सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटमा संकलन गर्दैगर्दा श्रेष्ठलाई पक्राउ गरिएको उनको भनाइ छ । श्रेष्ठलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान विभागमा बुझाइएको छ ।