पक्राउ परेका दुवै जनालाई थुनामा राखी अनुसन्धान अघि बढाइएको ब्युरोले जनाएको छ ।
कामठाडौं : अवैध लागुऔषध खैरो हेरोइनसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ४ ग्राम अवैध लागुऔषध खैरो हेरोइनसहित महोत्तरी बर्दिबास नगरपालिका ३ का २४ वर्षीय मुकेशकुमार यादवलाई काठमाडौंको जडिबुटीबाट पक्राउ गरेको हो । विषेश सूचनाका आधारमा ब्युरोको टोलीले यादवलाई शनिबार पक्राउ गरेको हो ।
त्यसैगरी ब्युरोको टोलीले आइतबार बिहान ४ ग्राम खैरो हेरोइन तथा अन्य विभिन्न लागुऔषधसहित झापाका बिक्रम माझीलाई पक्राउ गरेको छ । विषेश सूचनाका आधारमा ब्युरोको टोलीले माझीलाई आइतबार बिहान सिनामङ्गलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई थुनामा राखी अनुसन्धान अघि बढाइएको ब्युरोले जनाएको छ ।