काठमाडौं : चौधरी फाउण्डेसनले नेपालमा कृतिम खुट्टा वितरण शुरू गरेको छ । दुर्घटना वा अन्य कुनै पनि कारण खुट्टा गुमाउनु परेका नागरिकहरू यसबाट लाभान्वित हुनेछन् ।
आईतबार काठमाडौंको नर्भिक इन्टरनेशनल अस्पतालमा आयोजित एक विशेष समारोहकाबीच उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले कृतिम खुट्टा वितरण कार्यक्रमको औपचारिक शुभारम्भ गरे । उक्त अवसरमा नेपालका लागि भारतीय राजदूत मन्जिवसि“ह पुरी, भगवान महाविर विकलांग सहायता समिति (विएमभिएसएस)का फाउण्डर डा. डि. आर. मेहता, समितिका निर्देशक शतिस मेहता लगायतको उपस्थिती रहेको थियो ।
चौधरी फाउण्डेसनले विएमभिएसएस स“गको सहकार्यमा नेपालमा कृतिम खुट्टा वितरण गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । पहिलो चरणमा काठमाडौंको नर्भिक अस्पतालमा पुस ३० गतेसम्म र दोस्रो चरणमा नवलपुरको गैंडाकोटस्थित सहज अस्पतालमा माघ ३ गतेदेखि ४५ दिनसम्मका लागि यो सेवा उपलब्ध हुनेछ । दुवै ठाउ“बाट ५०० व्यक्तिहरूका लागि कृतिम खुट्टा उपलब्ध गराउने योजना छ । यो सेवा पूर्ण रुपमा निःशुल्क उपलब्ध गराइनेछ ।
कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले खुट्टा गुमाएका व्यक्तिहरुका लागि कृतिम खुट्टा उपलब्ध गराउने विशेष सेवा उपलब्ध गराएर चौधरी फाउण्डेसनले संवेदनशिल मानवीय सेवाको काम गरेको गरे । यस्तो सेवालाई थप प्रभावकारी बनाउन सरकारकोतर्फबाट आवस्यक सहयोग गर्ने वचन पनि उनले दिए ।
फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले मानव सेवा आफ्नो व्यवसायको अभिन्न अंग रहेको बताउदै व्यवसायिक सफलताका लागि समाजबाट आफुले धेरै कुरा प्राप्त गरेको भन्दै अब आफ्नो जिम्मेवारी समाजलाई फिर्ता गर्नु रहेको बताए । ‘मलाई नेपाली समाजले धेरै कुरा दिएको छ । त्यसैले यो समाजका लागि योगदान गर्नु मेरो महत्वपूर्ण जिम्मेवारी हो’, अध्यक्ष चौधरीले भने ।, ‘अहिले म व्यवसायमाभन्दा सामाजिक सेवाका कामहरूलाई प्राथमिकतामा राखेको छु । कृतिम खुट्टा उपलब्ध गराउने यो अभियान त्यसैको परिणाम हो ।’
अध्यक्ष चौधरीले नेपालमा स्थाई रुपमा कृतिम खुट्टा उपलब्ध गराउने योजना कार्यान्वयनका लागि सरकारस“ग सहकार्यको प्रस्ताव पनि गरेका छन् । सरकारको साथ पाएमा आफुले दिगो रुपमा यो कार्यक्रम नेपालमा संचालन गर्ने र सेवा आवस्यक रहेका सम्पूर्ण नागरिकलाई यो सेवा उपलब्ध गराउन सकिने विश्वास उहा“ले ब्यक्त गरे । । एक तथ्यांक अनुसार नेपालमा करिब एक लाख मानिसलाई कृतिम खुट्टाको आवस्यकता रहेको छ ।
‘खुट्टा गुमाएका व्यक्ति हिडडुल गर्न नसक्ने मात्रै होइन । उसको सारा जीवन नै समस्याबाट गुज्रिएको हुन्छ ।’ अध्यक्ष चौधरीले भने । , ‘उसका लागि खुट्टा पाउनु भनेको जीवनलाई नै उज्यालो बाटोमा प्रवेश गराउनु हो ।’
नेपालका लागि भारतीय राजदूत पुरीले एउटा व्यक्तिले कृतिम खुट्टा पाउनु भनेको उसले नया“ जीवन पाउनु त हो नै राष्ट्रले समेत सवल नागरिक पाउनु हो भन्दै यस्तो उत्कृष्ट मानवसेवाको काममा संगल्न भएकोमा चौधरी फाउण्डेसन र बिएमभिएसएसलाई धन्यवाद दिए ।
कार्यक्रममा विएमभिएसएसका फाउण्डर डा. डि आर मेहताले जयपुर फुट्सका कृतिम खुट्टाहरूबाट विश्वभरका नागरिकहरू लाभाविन्त भएकोमा आफुलाई गौरवको महसुस हुने बताए । जयपुर फुट्स विश्वकै सबैभन्दा ठूलो कृतिम खुट्टा उपलब्ध गराउने सस्था हो । र, यो विश्वब्यापी रुपमा प्रतिष्ठित सस्था पनि हो । अमेरिकी टाईम म्यागेजिन यस सस्थाको सेवालाई विश्वकै उत्कृष्ट सेवा प्रदान गर्ने सस्थाका रुपमा अवार्ड गरेको थियो ।