बिटक्वाइनसँगै अरु सबै क्रिप्टोकरेन्सीको मूल्यमा आएको कमीको कारण रुस हो भन्ने दाबी गरिएको छ ।
भर्चुअल मुद्रामा लगातार छैटौं हप्तामा पनि गिरावट देखिएको छ । लगभग सबै क्रिप्टोकरेन्सीहरुको हालत दयनीय हुँदै गएको छ । मार्केट इन्साइडरका अनुसार लगानीकर्ताबीच सबैभन्दा लोकप्रिय बिटक्वाइन बुधवार १२ प्रतिशत झरेर ९ हजार ९ सय ३६ डलरमा आयो । योसँगै इथेरियम १६ प्रतिशत चिप्लेर ८८४ डलरमा बस्यो । यी दुईबाहेक रिपल पनि १० प्रतिशत तल खस्यो ।
हुन त, बिटक्वाइन यति तल पुग्दा अझै पनि १२ महिना पहिलेको आफ्नो स्थितिभन्दा ११ सय प्रतिशत बढी छ । गत महिना त बिटक्वाइनको मूल्य १ हजार ९ सय ८० डलरसम्म पुगेको थियो । बिटक्वाइन त्योभन्दा महँगो कहिल्यै भएन । त्यसपछि बिटक्वाइन बिस्तारै तल झर्दै अहिलेको स्थितिमा आइपुगेको हो । अहिलेको गिरावटलाई विज्ञहरुले क्रिप्टोकरेन्सीलाई ‘खुनी खेल’सम्म भनेका छन् ।
किन आयो मन्दी ?
बिटक्वाइनसँगै अरु सबै क्रिप्टोकरेन्सीको मूल्यमा आएको कमीको कारण रुस हो भन्ने दाबी गरिएको छ । वास्तवमा गत हप्ता रुसको समाचार दिने एउटा एजेन्सीले बताएको थियो– ‘रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका छन्– क्रिप्टोकरेन्सीका लागि निकट भविष्यमा कानुन बनाउनुपर्नेछ ।’ पुटिनको यो भनाइलाई क्रिप्टोकरेन्सीबारे जानकारी दिने साइट क्वाइनडेस्कले प्रमुखताका साथ देखाएको थियो । सायद यसले निवेशकहरु डराए ।