आइतबार राति ९.३० बजे गोडैता नगरपालिका–१२ मधुवनी नाकाबाट डीएलसीएनबी ०६९९ नं को भारतीय स्करपियोमा चल्ला लुकाई ल्याउँदै गरेको अवस्थामा जाँच गर्ने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले चल्ला र गाडीलाई नियन्त्रणमा थिएको थियो ।
सर्लाही । भारतबाट लुकाईछिपाई नेपाल ल्याउँदै गरेको एक हजार ७०० कुखुराको चल्लासहित स्करपियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार राति ९.३० बजे गोडैता नगरपालिका–१२ मधुवनी नाकाबाट डीएलसीएनबी ०६९९ नं को भारतीय स्करपियोमा चल्ला लुकाई ल्याउँदै गरेको अवस्थामा जाँच गर्ने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले चल्ला र गाडीलाई नियन्त्रणमा थिएको थियो ।
नियन्त्रणमा लिइएका चल्ला र गाडीलाई सर्लाही भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । रासस