विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको र आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पुल्चोक पठाइने महानगरीय प्रहरी महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए ।
काठमाडौं : प्रहरीले काठमाडौं न्युरोडस्थित एक मनी एक्सचेन्जबाट ३५ लाख रुपैयाँसहित दुई जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले एक्सचेन्ज सञ्चालक सुनिल श्रेष्ठ र भरत बस्नेतलाई समातेको हो ।
विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको र आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पुल्चोक पठाइने महानगरीय प्रहरी महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए ।
यसैगरी प्रहरीले पक्राउ परेकाहरुबाट बा७च २५६९ नम्बरको गाडी पनि बरामद गरेको छ । श्रेष्ठ र बस्नेतले लामो समयदेखि हुन्डीको कारोबार गर्दै आएको हुन सक्ने प्रहरीको भनाइ छ ।