मापदण्ड पूरा नगरेको, सम्बन्धित मन्त्रालयसँग स्वीकृति नलिई चलेको, क्यान्टिनमा खाद्य स्वच्छता नपाइएको, गुणस्तरमा ध्यान नदिइएको र अखाद्य वस्तु बिक्री गरिरहेको पाएपछि सुधार गर्न विभागले निर्देशन दिएको थियो ।
काठमाडौं स् सिंहदरबार परिसरमा सञ्चालित करिब ६ ओटा खाजा घर तथा क्यान्टिन बन्द भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, परराष्ट्र र अर्थ, कृषि मन्त्रालय एवम् महान्यायाधिवक्ताको कार्यालयमा सञ्चालित मापदण्ड पूरा नगर्ने क्यान्टिन बन्द भएका हुन् ।
यसअघि खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग र राष्ट्रिय सतर्कता केन्द्रले क्यान्टिनको संयुक्त अनुगमन गरेका थिए । मापदण्ड पूरा नगरेको, सम्बन्धित मन्त्रालयसँग स्वीकृति नलिई चलेको, क्यान्टिनमा खाद्य स्वच्छता नपाइएको, गुणस्तरमा ध्यान नदिइएको र अखाद्य वस्तु बिक्री गरिरहेको पाएपछि सुधार गर्न विभागले निर्देशन दिएको थियो । क्यान्टिन सुधारका लागि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएकाले त्यसका आधारमा सुधार नहुँदासम्म बन्द भएको हुन सक्ने विभागका महानिर्देशक सञ्जीव कर्णले बताए ।
विभिन्न १५ क्यान्टिनमा गरिएको अनुगमनमा ६ ओटा क्यान्टिनले विभिन्न मापदण्ड पूरा गरेका थिएनन् ।