उनले चाइनाबाट गाई ल्याउँदा कम्तीमा ३२ लिटर दुध दिने जातको ल्याउनेबारे कम्पनीसँग सम्झौता भएको बताए । उनले पहिलो चरणमा परिक्षणका लागि प्रदेश नम्वर ३ मा ५ सय गाई झारिने बताए ।
काठमाडौं । चीनबाट ल्याइने गाईका लागि आवश्यक वातावरणीय प्रभाव, व्यवस्थापन र प्रदेश सरकारसँग सम्झौता गर्न चिनियाँ प्राविधिक टोलीले छलफल गरिरहेको छ । प्रदेश नम्वर २, ३ र गण्डकी प्रदेशमा प्रदेश सरकार प्रस्ताव गरेको चिनियाँ गाई खरिदका लागि आवश्यक छलफल र सम्झौताका लागि चिनियाँ टोली नेपालमा आएको जनाइएको छ ।
टोलीले प्रदेश नम्वर ३ का मुख्यमन्त्री, गृहमन्त्री र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीसँग सयुक्त रुपमा छलफल गरेको जनाइएको छ । छलफलले चीनियाँ कम्पनीले अनुदानमा गाई दिने र गाइगोठ लगायतका संरचना बनाइदिनुपर्ने सम्झौता भएको प्रदेश सरकारले जनाएको छ ।
अहिले चिनिँया टोली प्रदेश नम्वर २ मा छलफलका गरिरहेको छ । तीनओटै प्रदेशमा छलफल गरी गाई खरिदका लागि आवश्यक सम्झौता र प्रस्ताव चिनिँया कम्पनीले बनाउने प्रदेश नम्वर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दाबा दोर्जे लामाले जानकारी दिए ।
उनले चाइनाबाट गाई ल्याउँदा कम्तीमा ३२ लिटर दुध दिने जातको ल्याउनेबारे कम्पनीसँग सम्झौता भएको बताए । उनले पहिलो चरणमा परिक्षणका लागि प्रदेश नम्वर ३ मा ५ सय गाई झारिने बताए । ‘मौसम, वातावरण हेरेर कति गाई ल्याउने भन्ने बारेमा पनि चिनियाँ टोलीसँग छलफल भएको छ’ उनले भने, ‘त्यसअनुसार, पहिलो चरणमा टेस्टका लागि ५ सय गाई ल्याउनेबारे करिव सम्झौता भएको छ ।’
झन्डै ३५ अर्ब रुपैयाँको बजेटमा तीनओटै सरकारको योजना रहेकाले गाइ कहिलेसम्म ल्याउने बारे निर्णय नभएको बताए ।