कम्पनी रजिष्ट्रार कार्यालयकी सहायक रजिष्ट्रार घुस लिँदा रङ्गेहात पक्राउ

आयोगको टोलीले सोमबार बिहान कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थीलाई घुस रकमसहित नियन्त्रणमा लिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कम्पनी रजिष्ट्रार कार्यालयकी एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

आयोगको टोलीले सोमबार बिहान कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थीलाई घुस रकमसहित नियन्त्रणमा लिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।

विद्यालयको बाँकी रहेको कर तिर्न जाँदा राजस्व रकम कम गरिदिने भन्दै पन्थीले सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको प्रवक्ता दङ्गालले बताए ।

रजिष्ट्रार पन्थीले घुसमा लिएको रकम छोरी पोषण पन्थीको बैङ्क खातामा राखेको अवस्थामा सोमबार बैङ्क परिसरबाट नै पक्राउ गरिएको थियो ।

घुससहित पक्राउ परेकी पन्थीलाई अख्तियारको हिरासतमा राखी आवश्यक अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ ।