खाद्य तथा पेयको महाकाय स्विस कम्पनी नेस्लेले आफ्नो अमेरिकी क्यान्डी कारोबार २.९ अर्ब डलरमा इटलीको फेरेरोलाई बेच्दै छ । फेरेरोले प्रतिष्ठित चकलेट ब्रान्ड ‘बटरफिङ्गर’ र ‘क्रन्च बार’सहित ‘सुगर नर्ड्स, स्विटर्ट्स तथा फनडिप’को स्वामित्वमा लिने छ ।
गएको गर्मीयाममा आफ्नो पोर्टफोलियोको समीक्षा गरेपछि अति फस्टाउँदा क्षेत्र जस्तै, पालतु जनावरको रेखदेख, कफी र शिशु आहारमा आप्mना आँखा लगाउँदै नेस्लेले अमेरिकी कारोबार बेच्न सक्ने सङ्केत दिएको थियो ।
नेस्लेका सीईओ मार्क श्नाइडरले घरेलु तथा स्वास्थ्यक्षेत्रका उत्पादनमा आफ्नो व्यवसाय केन्द्रित गर्नुपर्ने बेला आएको बताए । श्नाइडरले भने, ‘फेरेरोसँग हाम्रो अमेरिकी कन्फेक्शनरी व्यवसायका लागि एक असाधारण घर पाएका छौं जहाँ यसले प्रगति गर्नेछ’, उनले भने, ‘सँगसँगै, यस कदमले नेस्लेलाई यस्ता धेरै क्षेत्रमा लगानी गर्ने अनुमति दिन्छ र नयाँ श्रेणीका उत्पादनहरु बनाउने प्रेरणा दिन्छ, जहाँ हामीले बलियो भविष्य देखिरहेका छौं, जस्तै पालतु जनावरको रेखदेख, बोतलबन्द पानी, कफी, फ्रोजन मासु र शिशु आहारमा नेतृत्वदायी भूमिका दिन सक्छौं’ ।
सेप्टेम्बरमा नेस्लेले एक उच्चकोटीको कफी कम्पनी ‘ब्ल्यू बोटल कफी’मा ठूलो हिस्सेदारी किनेको घोषणा गरेको थियो । नेस्लेका अन्य ब्रान्डमा पुरिना, जर्बर र स्टोफर्स समावेश छन् ।
सन् २०१६ मा ३५ अर्ब डलरको बिक्री गरेसँगै अमेरिका नेस्लेको सबैभन्दा ठूलो बजार हो । अमेरिकी ९७ प्रतिशत घरमा नेस्ले ब्रान्डका पुरीना, नेस्ले प्योर लाइफ, कफी–मेट, जर्बर तथा स्टोफर जस्ता उत्पादनहरु पाइन्छन् । कम्पनीले १० अनुसन्धान तथा विकास केन्द्रसहित अमेरिकाभरि १ सय २० भन्दा बढी स्थानका ७७ प्mयाक्ट्रीमा ५० हजार व्यक्तिलाई रोजगारी दिएको छ ।
खरिद बिक्रीको यो व्यवहार पहिलो त्रैमासको अन्त्यसम्म हुने अपेक्षा गरिएको छ ।
एएपी