हत्या आशङ्कामा फरार व्यक्ति पक्राउ गर्न प्रहरीले गोली चलायो

ठकुरी हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । हत्या आशङ्कामा प्रहरीले एक जनालाई बर्दिया र एक जनालाई बाँकेको कोहलपुरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

काठमाडौं : हत्या आरोपमा फरार रहेका युवक पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । नेपाल प्रहरीमा भर्ना हुन सुर्खेतबाट आएका दीपकसिंह ठकुरीको पुस २६ गते कोहलपुरमा हत्या भएको थियो । ठकुरीको हत्या आशङ्कामा फरार हरेका युवालाई पक्राउ गर्न बुधबार बिहान प्रहरीले गोली चलाएको हो ।

ठकुरी हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । हत्या आशङ्कामा प्रहरीले एक जनालाई बर्दिया र एक जनालाई बाँकेको कोहलपुरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका युवकबारे केही बेरमा सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ । नेपाल प्रहरीको जवान पदमा भर्ना हुन नेपालगन्ज आएका ठकुरीको घाँटी रेटेर हत्या गरिएको थियो ।