मृत्यु हुनेमा नुवाकोट बेलकोटका काजी तामाङ छन् ।
काठमाडौं । बुधबार बिहान काठमाडौंको गोङगबुस्थित पिस ग्लास हाउसमा सिलिन्डर ग्यास विष्फोट भएर घाइते भएका एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नुवाकोट बेलकोटका काजी तामाङ छन् । ग्यास विष्फोट हुँदा गम्भीर घाइते भएका उनीसहित ५ जनालाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । उपचारका क्रममा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी घटनामा घाइते भएका कैलाश श्रेष्ठ, राजु बिसी, रेशम तामाङ र अनिल पोखरेलको उपचार भइरहेको छ । बुधबार एकाबिहानै एलपीजी ग्यास सिलिन्डर विष्फोट भएको थियो ।