बलिउड नायक सलमान खानको मार्चमा हुने नेपाल टुरमा खानले चन्द्रागिरि हिल्सको अवलोकन गर्ने भएका छन् । दबङ्ग टुरका लागि नेपाल आउन लागेका खानको भ्रमणको विषयमा बुझ्न उनको टोलीले बुधबार चन्द्रागिरिको अवलोकन गरेको थियो ।
सलमान खान निकटका मित्र तथा इभेन्टको व्यवस्थापन कम्पनी जेइ इभेन्टकोे तर्फबाट जर्डी पटेल, अडिल जगमगियाले चन्द्रागिरि हिल्सको भ्रमण गरी त्यसको जानकारी गराएका हुन् ।