घट्टेखोला जलविद्युत् आयोजनाको ३३ केभी प्रसारण लाइन बनाउन इआइए प्रस्ताव

मनकामना हाइड्रोपावर प्रालि तथा स्थानीयलाई बन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मुल्यांकनसम्वन्धी प्रतिवेदन सहितको राय मागेको हो । प्रसारण लाइन दोलखाको मार्वफेदीदेखि गुरुङफी, भोर्ले हुँदै सिंगटी बजार नजिकै नेपाल विद्युत् प्राधिकरणको सवस्टेशन जोड्ने प्रस्ताव गरिएको हो ।

काठमाडाैं । दोलखाको गौरीशंकर गाउँपालिका—७ स्थित ५ मेगावाटको घट्टेखोला जलविद्युत् आयोजनाको ३३ केभी प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्न लागेको आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदनमा राय सुझावका लागि आह्वान गरिएको छ ।

मनकामना हाइड्रोपावर प्रालि तथा स्थानीयलाई बन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मुल्यांकनसम्वन्धी प्रतिवेदन सहितको राय मागेको हो । प्रसारण लाइन दोलखाको मार्वफेदीदेखि गुरुङफी, भोर्ले हुँदै सिंगटी बजार नजिकै नेपाल विद्युत् प्राधिकरणको सवस्टेशन जोड्ने प्रस्ताव गरिएको हो ।

प्रस्तावको कार्यान्वयन भएमा गौरीशंकर गाउँपालिका ५,६,७,८, विगु गाउँपालिका वडा नं ४ र कालिन्चोक गाउँपालिका वडा नम्वर ३ आयोजनाबाट प्रभावित हुने क्षेत्र हुन् । वातावरण संरक्षण ऐन २०५३ को दफा ६ बमोजिम प्रतिवेदनमा राय सुझाव दिनका लागि सर्वसाधारणले प्रतिवेदन पढ्ने लैजान पाउने गरी व्यवस्था गरिएको छ । साथै वातावरण संरक्षण नियमावली २०५४ को नियम बमोजिम वातावरण मन्त्रालयको विद्युत् सुचना पार्टीमा सार्वजनिक समेत गरिएको जनाइएको छ ।

सार्वजनिक सुचनाकाअनुसार प्रथम पटक प्रकाशित मितिले ३० दिनभित्र आफ्नो राय सुझाव पठाउन बन तथा वातावरण मन्त्रालयले आह्वान गरेको छ ।