
लघुवित्त, जलविद्युत् तथा फाइनान्स कम्पनीहरुले चुक्ता पुँजी बढाउनका लागि हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेका हुन् । पछिल्लो समय नेपाल राष्ट्र बैङ्कले हकप्रद सेयर निष्कासनमा कडाई गर्ने बताइरहेको छ ।
काठमाडौं । विभिन्न १४ कम्पनीले २०७४/७५ को नाफाबाट लाभांशसहित हकप्रद सेयर दिने भएका छन् । सञ्चालक समितिले गरेको प्रस्तावलाई साधारणसभाबाट पारित गर्दै आफ्ना लगानीकर्तालाई १४ कम्पनीले हकप्रद सेयर दिने भएका हुन् ।
एक फाइनान्स कम्पनी, दुई जलविद्युत् कम्पनी, दुई विकास बैङ्क तथा नौ ओटा लघुवित्त कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएका हुन् ।
लघुवित्त, जलविद्युत् तथा फाइनान्स कम्पनीहरुले चुक्ता पुँजी बढाउनका लागि हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेका हुन् । पछिल्लो समय नेपाल राष्ट्र बैङ्कले हकप्रद सेयर निष्कासनमा कडाई गर्ने बताइरहेको छ ।
हकप्रद निष्कासन गर्नेमध्ये आरम्भ माइक्रोफाइनान्स, सिटी एक्प्रेस फाइनान्स, सारथि लघुवित्त, अरुण भ्याली हाइड्रो पावरले लाभांश दिने छैनन् । यी कम्पनीहरुले हकप्रद सेयर मात्र निष्कासन गर्ने छन् । यस्तै, समता माइक्रोफाइनान्सले १ः२ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
साधारणसभाबाट हकप्रद सेयर पारित गर्ने कम्पनीहरु
हकप्रद सेयर मात्र दिने कम्पनीहरु