गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित थियो ।
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित थियो ।
नेपालका लागि नयाँ राजदूतका रुपमा कार्यभार सम्हालेकोमा मेनलाई कार्यकाल सफलताको शुभकामना दिँदै गृहमन्त्री थापाले मेनको कार्यकालमा दुई देशबीचको सम्बन्धले थप उचाइ लिने विश्वास व्यक्त गरे ।
राजदूत मेनले नेपाल र उत्तर कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्ष पुगेको स्मरण गर्दै यो सम्बन्धलाई थप उचाइमा पु¥याउनु पर्नेमा जोड दिए ।
उनले नेपालमा आउने कोरियाली नागरिकलाई प्रवेशाज्ञा प्रक्रिया सहज बनाइदिन गृहमन्त्री थापासँग आग्रह गरे ।
भेटमा राजदूत मेनले गृहमन्त्री थापालाई उत्तर कोरिया भ्रमणको निम्तोसमेत दिएका दिए ।