एटीएमको ताला फुटाउन खोज्ने पक्राउ

बुधबार साँझ बारा कलैया नगरपालिका—१ का १८ वर्षीय रोहित शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं : काठमाडौंको कलङ्कीस्थित एसबीआई बैङ्कको एटीएमको ताला फुटाउँदै गरेका बेला प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बुधबार साँझ बारा कलैया नगरपालिका—१ का १८ वर्षीय रोहित शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

एटीएममा भएको रकम चोरी गर्न शर्माले ताला फुटाउँदै थिए । तत्काल उनलाई प्रहरीले समातेको हो । शर्मालाई प्रहरी थुनामा राखी आवश्यक कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।