काठमाडौं : प्रहरीले ललितपुर महानगरपालिका–१९ लगनखेल इटी टोलमा रहेको डलचोकी सीएन निर्माण सेवा प्रालिबाट विभिन्न हतियारमा लाग्ने २० राउन्ड गोली बरामद गरेको छ ।
गोदावरी नगरपालिका–५ लेलेका नवराज खड्काले सञ्चालन गरेको उक्त कम्पनीबाट प्रहरीले गोली र ल्यापटप बरामद गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।
प्रहरले सोही कम्पनीमा काम गर्ने दोलखा सहरे गाउँपालिका–७ कालक्ष्मी केसीलाई पक्राउ गरेको छ । प्रहरीले कम्पनी सञ्चालकको खोजी थालेको छ ।