पक्राउ परेका अधिकारीविरुद्ध प्रहरीले विद्युतीय अपराध तथा कसुरमा अनुसन्धान अगाडि बढाएको महाशाखाले बताएको छ ।
काठमाडौं : विवेकशील नेपाली पार्टीकी केन्द्रीय सदस्य रञ्जु दर्शनाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले क्यापिटल हेडलाइन डटकमका सम्पादक सुमन अधिकारीलाई पक्राउ गरेको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले अधिकारीलाई पक्राउ गरेको महाशाखाका एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए । पक्राउ परेका अधिकारीविरुद्ध प्रहरीले विद्युतीय अपराध तथा कसुरमा अनुसन्धान अगाडि बढाएको महाशाखाले बताएको छ ।