मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले यस्तो बताएका हुन् ।
काठमाडाैं । सरकारले स्वदेशमै पानी जहाज कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले यस्तो बताएका हुन् ।
पानी जहाज चलाउनका लागि सम्भाव्यता अध्यययन भइरहेको भन्दै उनले त्यस्का लागि पानी जहाज कार्यालय स्थापना हुने बताए । त्यस्का लागि उपसचिव सहित १६ जना कर्मचारीको दरबन्दीको व्यवस्था गरेको बताए ।