बेरोजगार युवाहरुको सङ्ख्या तय गरी योग्यताअनुसारको रोजगारी दिलाउने उद्देश्यका साथ सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको छ । सोही कार्यक्रम कार्यान्वयनमा ल्याउन ७ सय ५३ ओटै स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक नियुक्तिका लागि शुक्रबारबाट प्रक्रिया सुरु गर्न लागेको छ ।
काठमाडौ । चैतबाट देशभर बेरोजगारीको सूचीकरण हुने भएको छ । फागुनभित्र प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक चयन गरिसक्ने र चैतबाट सूचीकरणको काम सुरु गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयारी गरेको छ ।
बेरोजगार युवाहरुको सङ्ख्या तय गरी योग्यताअनुसारको रोजगारी दिलाउने उद्देश्यका साथ सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको छ । सोही कार्यक्रम कार्यान्वयनमा ल्याउन ७ सय ५३ ओटै स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक नियुक्तिका लागि शुक्रबारबाट प्रक्रिया सुरु गर्न लागेको छ ।
१० हजारभन्दा कम जनसङ्ख्या भएका ४८ ओटा स्थानीय तहमा नायबसुब्बा र बाकीमा सुब्बा तहको कर्मचारी नियुक्तिका लागि मन्त्रिपरिषदको बैठकले स्वीकृति दिइसकेको मन्त्रालयका सहसचिव प्रकाश दाहालले जानकारी दिए ।
१ वर्षे करार सेवाका लागि शुक्रबार गोरखापत्रमा सूचना प्रकाशन गर्ने र १५ दिनभित्र अनलाइनमार्फत फारम भर्न पाउने बताएका छन् । ती कार्यक्रम संयोजकका लागि न्यूनतम योग्यता प्रवीणता तह उत्र्तीण भएको र कम्प्यूटरमा दक्ष भएको हुनुपर्ने छ । साथै स्थानीयलाई विषेश प्राथमिकतामा राखिएको जनाइएको छ ।
कार्यक्रम संयोजकले स्थानीय तहभित्र रहेका बेरोजगार व्यक्तिको तथ्याङ्क सङ्कलन तथा विश्लेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्ने, सूचीकृत बेरोजगार व्यक्तिलाई परिचयपत्र वितरण गर्ने, स्थानीय तहभित्रका रोजगारीका अवसरको पहिचान गरी सोको सूचना प्रवाह गर्नेलगायतका कार्यहरु गर्नुपर्ने उल्लेख गरिएको छ ।