फागुनबाट जनकपुर कुर्थामा रेल, रेल खरिदका लागि स्वीकृती

भारतबाट रेल खरिद गर्नका लागि सरकारले भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाइ स्वीकृत समेत दिइएकाे छ ।

काठमाडाैं । सरकारले अागामी फागुनदेखि जनकपुरदेखि कुर्थासम्म रेल सेवा सञ्चालन गर्ने भएकाे छ । त्यस्का लागि भारतबाट रेल खरिद गर्नका लागि सरकारले भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाइ स्वीकृत समेत दिइएकाे छ ।

विहीबार सरकारले गरेका निर्णय प्रस्तुत गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गाेकुल बास्काेटाले अब छिट्टै रेल सञ्चालन हुने बताए । उनले रेल खरिदका लागि स्वीकृत दिइएकाले फागुनदेखि रेल सञ्चालनमा ल्याइने बताए ।

अहिले जनकपुर जयनगर ३५ किलाेमिटरमा रेल सञ्चालनका लागि तयारी भइरहेकाे मन्त्री बास्काेटाले बताए । जनकपुर जयनगर ६९ किलाेमिटरमा पनि त्यसपछि रेल सञ्चालन गरिने उनले बताए ।