सिल बिगारेर कारोबार गर्ने बाराका तीनओटा पेट्रोल पम्प बन्द

विभागको टोलीले गरेको अनुगमनका क्रममा कृष्ण आयल स्टोर, सोनु आयल टेडर्स र आयुष आयल स्टोरमा डबल गियर भएको, सिल बिगारेर कारोबार गरिएको भेटिएपछि विभागले पेट्रोल पम्प बन्द गरेको हो ।

काठमाडौं । बारमा तीनओटा पेट्रोल पम्पमा सिलबन्दी गरिएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागको टोलीले गरेको अनुगमनका क्रममा कृष्ण आयल स्टोरमा प्रति १० लिटरकाे नापमा ५० मिलि कम देखिएकाे, सोनु आयल टेडर्समा डवल गियर भेटिएकाे र आयुष आयल स्टोरमा सिल बिगारेर कारोबार गरिएको भेटिएपछि विभागले पेट्रोल पम्प बन्द गरेको हो ।

तोकिएको मापदण्ड पूरा नगरी पेट्रोलियम पदार्थको कारोबार गरिएकाले पनि त्यस्ता पेट्रोल पम्पलाई कारबाही गरिएको विभागका प्रवक्ता विश्ववावु पुडासैनीले जानकारी दिए ।