साउदी अरेबियाका राजदुत मुसाद एस ए एल मरुवन सँग बिहिबार भएको भेटमा श्रम मन्त्री विष्टले ठूलो सख्यामा नेपालीहरु घरेलु कामदारको रुपमा रहेकोले उनिहरुको सुरक्षाको लागि अलग्गै सम्झौता गर्न प्रस्ताव गरेका हुन् ।
काठमाडौ : श्रम ,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले साउदी अरेबियासँग घरेलु कामदारको लागि अलग्गै श्रम सम्झौता गर्न प्रस्ताव गरेका छन् ।
साउदी अरेबियाका राजदुत मुसाद एस ए एल मरुवन सँग बिहिबार भएको भेटमा श्रम मन्त्री विष्टले ठूलो सख्यामा नेपालीहरु घरेलु कामदारको रुपमा रहेकोले उनिहरुको सुरक्षाको लागि अलग्गै सम्झौता गर्न प्रस्ताव गरेका हुन् ।
साउदीमा रहेका घरेलुकामदारहरुलाई व्यवस्थित गर्न दुइ मुलुकबीच द्विपक्षीय श्रम सम्झौता गर्नु पर्ने आवश्यकता देखिएकोले त्यस तर्फ आवश्यक पहल गरिदिन राजदुतलाई अनुरोध गरेका छन् ।
यस्तै नेपाली श्रमिकको शव नेपाल ल्याउन लामो समय लाग्ने, श्रमिकहरुले करार सम्झौता वमोजिमको पारिश्रमिक तथा सेवा सुविधा पाउन कठिनाइ हुने, करार अवधी समाप्त भइसकेपछी समयमै स्वदेश फिर्ता हुन व्यवहारिक झन्झट रहने जस्ता समस्याहरु नेपाली श्रमिकहरुले भोग्दै आइरहेकाले यस्ता क्रियाकलापमा साउदी सरकारको विशेष ध्यानाकर्षण गराएका छन् ।
यता राजदुत मुसादले नेपाली कामदारहरुले साउदी अरेवियाको विकासमा सकारात्मक योगदान पु¥याएको चर्चा गर्दै नेपाली कामदारहरु मिहिनेती, इमानदार र अनुशासित भएको कुरा वताए ।
द्विपक्षीय श्रम सम्झौताको लागि साउदी सरकारले यस अघि नै सम्झौताको मस्यौदा पठाइसकेकोले नेपाल सरकारको तर्फबाट अगाडी वढाइ दुवै मुलुकले प्राविधिक समूह गठन गरी छलफलको माध्यमबाट निश्कर्षमा पुग्न साउदी सरकार सकारात्मक रहेको बताएका छन् ।