काठमाडौ : लामो समय देखी बन्द रहेको मलेसियाको रोजगारी खुलाउन मेनपावर व्यवसायीका विभिन्न संघसंगठनले माग गरेका छन् । प्रगतीशिल बैदेशिक रोजगार ब्यवसायी मंच नेपाल र बैदेशिक रोजगार ब्यवसायी गणतान्त्रिक मंचले बिहिबार विज्ञप्ती जारी गर्दै तत्काल मलेसियाको रोजगार खुलाउन सरकारसँग माग गरेका हुन् ।
नेपाल र मलेसियाबीच श्रम समझादारी भएको करिब ३ महिना वितिसक्दा पनि सरकारले मलेसियाको रोजगारी नखुलाएको भन्दै आपत्ती जनाएका छन् । यस्तै श्रम मन्त्रालयले मेनपावर कम्पनीको धरौटी बृद्धि गर्न लागेको प्रति पनि असन्तुष्टी व्यक्त गरेका छन् । उनले संसदमा राखेको प्रस्ताव फिर्ता लिन माग गरेका छन् ।