डा. केसीको मुटुको समस्यासहित स्वास्थ्य अवस्था कमजोर भएपछि काठमाडौँ लान लागिएको हो । “डा. केसीको शारीरिक स्थिति एकदमै कमजोर छ, त्यसैले हामीले चिकित्सकको टोलीसँग समन्वय गरेर काठमाडाैं लैजाने तयारी गरेका हौं’ डा. केसीका सहयोगी अविशेषराज सिंहले भने ।
इलाम । इलाममा नौं दिनदेखि अनशनरत् डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर भएपछि उनलाई उपचारको लागि काठमाडौँ लगिने तयारी गरिएको छ ।
डा. केसीको मुटुको समस्यासहित स्वास्थ्य अवस्था कमजोर भएपछि काठमाडौँ लान लागिएको हो । “डा. केसीको शारीरिक स्थिति एकदमै कमजोर छ, त्यसैले हामीले चिकित्सकको टोलीसँग समन्वय गरेर काठमाडाैं लैजाने तयारी गरेका हौं’ डा. केसीका सहयोगी अविशेषराज सिंहले भने ।
डा. केसीलाई उनको स्वास्थ्यस्थिति कमजोर भएपछि जीवन रक्षाका लागि भएपनि काठमाडौं लान लागिएको इलामका प्रंमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए । डा केसीलाई आजै एम्बुलेन्स मार्फत भद्रपुर लगिएको र त्यहाँबाट काठमाडौं भने नाइटभिजन हेलिकप्टरमा लाने बताइएको छ ।