जन्ती बाकेका दुइटा बस दुर्घटना हुँदा ६४ घाइते

जन्ती बोकेर सुन्धुलीको खुरर्कोतर्फ जाँदै गरेको बा २ ख ३७६० नम्बरको बस शुक्रबार बिहान ४ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

काठमाडौं । दोलखा र पाल्पामा जन्ती बोकेको बस दुर्घटना हुँदा ६४ जना घाइते भएका छन् ।

दोलखाको तामाकोसी गाउँपालिका ४ मालुस्थित जोगीगाँउमा शुक्रबार बिहान जन्ती बोकेको बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् ।

जन्ती बोकेर सुन्धुलीको खुरर्कोतर्फ जाँदै गरेको बा २ ख ३७६० नम्बरको बस शुक्रबार बिहान ४ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

घाइतेको उद्धार गरी जिल्ला अस्पताल दोलखा ल्याइँदै गरेको प्रहरीले जनाएको छ । बस सडकबाट ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

त्यसैगरी पाल्पामा पनि जन्ती बोकेको बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।

पाल्पाबाट जन्ती बोकेर दाङतर्फ जाँदै गरेको ना ५ ख ७२३८ नम्बरको बस बिहीबार साँझ पाल्पाको बग्नासकाली गाउँपालिका १ चिलाङदीमा दुर्घटना हुँदा २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइतेमध्ये ९ जनाको प्रवासस्थित लुम्बिनी मेडिकल कलेजमा र एक जनाको भीमसेन अस्पताल तानसेनमा उपचार भइरहेको छ । बाँकी भने उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ ।