बाराको निजगढ नगरपालिका १ रतनपुरमा शुक्रबार बिहान ४ बजे जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६७ वर्षीय इन्द्रबहादुर थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
कामठाडौं । बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
बाराको निजगढ नगरपालिका १ रतनपुरमा शुक्रबार बिहान ४ बजे जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६७ वर्षीय इन्द्रबहादुर थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बिहान घरबाट बाहिर निस्केका बेला थिङलाई जङ्गली हात्तीले आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।