जिल्ला अदालत, दाङले चौधरीलाई २०७२ फागुन ३० गतेको फैसलामा ९ वर्ष ११ महिना २ दिन कैद सजाय र ५० हजार जरिवाना तोकेको थियो । घटनाका सहभागी अन्य ६ जनालाई भने प्रहरीले पहिल्यै पक्राउ गरेको थियो ।
काठमाडौं : दाङ तुलसीपुरकी कल्पना खनालको बलात्कार एवम् हत्याकाण्डका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी टोलीले घटनाका मुख्य अभियुक्त तुलसीपुर उपमहानगरपालिका–१८ का ३१ वर्षीय विष्णु चौधरीलाई समातेको हो ।
जिल्ला अदालत, दाङले चौधरीलाई २०७२ फागुन ३० गतेको फैसलामा ९ वर्ष ११ महिना २ दिन कैद सजाय र ५० हजार जरिवाना तोकेको थियो । घटनाका सहभागी अन्य ६ जनालाई भने प्रहरीले पहिल्यै पक्राउ गरेको थियो ।
महेन्द्र वहुमुखी क्याम्पस घोराहीमा प्लस टु मा अध्ययनरत १७ वर्षीया कल्पना खनाल आफन्तकहाँ गएर तुलसीपुरवाट घोराहीतर्फ फर्किंदै गरेका बेला सामूहिक बलात्कारमा परेकी थिइन् ।