सिराहमा गोलि चल्यो, एक घाइते

काठमाडौ : सिराहको सुपचैैनामा प्रहरीको गोलि लागि एक व्यक्ति घाइते भएका छन् । विभिन्न घटनामा संलग्न भएको आरोपमा पक्राउ गर्न खोज्दा प्रहरी माथीनै आक्रमण गर्न थालेपछि प्रहरीले चलाएको गोलि लागि प्रमोद यादव घाइते भएका हुन् । घटनास्थलबाट एक थान पेस्तोल फेला पारेको छ । घाइते यादवको खुट्टामा चोट लागेको र सिराहमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहले जनाएको छ ।