माघ ८ देखि ११ गतेसम्म हुने बैठकमा भाग लिन प्रधानमान्त्री आज त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काठमाडौं । स्विट्जरल्यान्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९औं वार्षिक बैठकमा भाग लिन आइतबार प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ प्रस्थान गर्दैछन् । माघ ८ देखि ११ गतेसम्म हुने बैठकमा भाग लिन प्रधानमान्त्री आज त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पहिलो पटक प्रधानमन्त्री ओलीले सो बैठकमा सहभागिता जनाउन लागेका हुन् । मञ्चको बैठकमा विश्वका विकसित राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकारप्रमुख, ठूला कम्पनीका कार्यकारी प्रमुख, आर्थिक तथा कूटनीतिक क्षेत्रका तीन हजारभन्दा बढी व्यक्तित्वको सहभागिता रहने परराष्ट्र मन्त्रालयले बताएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका राजनीतिक नेतृत्व तथा व्यवसायीसँग भेटवार्ता गर्ने तय भएको छ । भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा युवराज खतिवडालगायतका उच्च अधिकारी रहने बताइएको छ ।