न्यू साउथ वेल्सको सहरमा रातिको न्यूनतम तापक्रम ३५.९ डिग्री रह्यो जुन अस्ट्रेलियाभरि हालसम्म मापन गरिएमध्ये सबैभन्दा उच्च न्यूनतम तापक्रम भएको मौसम विज्ञान विभागलाई उद्धृत गर्दै अस्ट्रेलियाका सञ्चारमाध्यमले जनाएका छन् ।
एजेन्सी । अस्ट्रेलियामा चर्को गर्मीका कारण जनजीवन प्रभावित भएको छ । गर्मीका कारण वन्यजन्तुको मृृत्यु हुने, सडक पग्लने, डढेलो फैलिने र मानिसहरु बिरामी पर्ने गरेको अष्ट्रेलियाका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
न्यू साउथ वेल्सको सहरमा रातिको न्यूनतम तापक्रम ३५.९ डिग्री रह्यो जुन अस्ट्रेलियाभरि हालसम्म मापन गरिएमध्ये सबैभन्दा उच्च न्यूनतम तापक्रम भएको मौसम विज्ञान विभागलाई उद्धृत गर्दै अस्ट्रेलियाका सञ्चारमाध्यमले जनाएका छन् ।
अस्ट्रेलियामा मापन गरिएमध्ये सबैभन्दा बढी गर्मी २०१३ को जनावरी ७ मा भएको थियो । त्यस दिनको तापक्रम ४०.३ डिग्री सेल्सियस थियो ।
गत हप्तादेखि लगातार बढिरहेको तापक्रमका कारण दक्षिण अस्ट्रेलियास्थित एडेलेडमा डढेलो लागेको छ भने चमेराको सामूहिक मृत्यु भएको छ ।
शुक्रबार न्यू साउथ वेल्सको तापक्रम ४६ डिग्री सेल्सियस रह्यो । जुन अहिलेसम्मकै उच्च हो ।
मौसम पूर्वानुमानकर्ताहरूका अनुसार वेस्टर्न अस्ट्रेलियामा भने तापक्रम अझै केही बढ्न सक्नेछ । उक्त राज्यका केही भागमा आगामी दिनमा औसतभन्दा १४ डिग्री सेल्सियसभन्दा बढीको बिन्दुमा तापक्रम पुग्न सक्ने बताइएको छ ।
मौसमविज्ञहरूका अनुसार अत्यधिक तापक्रमको लहर अस्ट्रेलियका विभिन्न १० भन्दा बढी स्थानमा पहिले अभिलेख राखिएभन्दा बढी बिन्दुमा पुगेको छ ।
साउथ अष्ट्रेलियाको आउटब्याक नगर टारकूलामा गर्मीले रेकर्ड तोडिसकेको छ, जहाँ मङ्गलबारको तापक्रम ४९ डिग्री पुगेको थियो । साउथ अस्ट्रेलियाको पोर्ट अगस्टामा ४८.९ डिग्री तापक्रम पुगेको थियो । उक्त राज्यमा बुधबार मात्र अत्यधिक गर्मीका कारण साउथ अस्ट्रेलियामा १६ जना मानिसहरू अस्पताल भर्ना भएको बताइएको छ ।
मानिसहरूलाई घरभित्र नै रहन र शारीरिक गतिविधि कम गर्न भन्दै स्वास्थ्य चेतावनी जारी गरेको बताइएको छ ।