कर्णाली प्रदेशबाट आजदेखि श्रमस्वीकृति प्रदान गरिने

आइतबारदेखि कर्णाली प्रदेशको श्रम तथा रोजगार कार्यालयबाट पुनः श्रमस्वीकृतिको सेवा प्रदान गरिने श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौं । कर्णाली प्रदेश सरकारले वैदेशिक रोजगारीमा जानेलाई आजबाट श्रमस्वीकृति दिने भएको छ ।

आइतबारदेखि कर्णाली प्रदेशको श्रम तथा रोजगार कार्यालयबाट पुनः श्रमस्वीकृतिको सेवा प्रदान गरिने श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रमस्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालिम एवम् अभिमुखीकरण संस्थाको अनुगमनलगायतका कार्यहरुको सुरुआत गरिने मन्त्रालयले जनाएको छ ।

सरकारले पहिलो चरणमा प्रदेश २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश ५ को बुटवलबाट गत पुस १५ गते र पुस २५ गतेदेखि गण्डकी प्रदेशबाट उक्त सेवा सुरु भइसकेको छ ।