दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले शनिबार दुई थान भरुवा बन्दुकसहित शान्तिनगर गाउँपालिका ४ जुम्लेकुलाका २९ वर्षीय हरिबहादुर रासकोटीलाई पक्राउ गरेको हो ।

काठमाडौं । प्रहरीले दाङबाट दुई थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले शनिबार दुई थान भरुवा बन्दुकसहित शान्तिनगर गाउँपालिका ४ जुम्लेकुलाका २९ वर्षीय हरिबहादुर रासकोटीलाई पक्राउ गरेको हो ।

रासकोटीले घरमा लुकाएको अवस्थामा दुई थान भरुवा बन्दुक र बँदेलको खपेटा जस्तो देखिने वस्तु दुई थान फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ परेका रासकोटीलाई हातहतियार खरखजाना ऐनअनुसार कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।