मलेसियाको राजधानी केपोङ्गको एक कम्पनीमा शनिबार राती नेपाली र म्यानमारका कामदारबीच भएको झगडामा ललितपुरका इन्द्र तामाङको हत्या भएको हो ।
काठमाडौ । मलेसियामा एक नेपालीको छुरा हानी हत्या भएको छ ।
मलेसियाको राजधानी केपोङ्गको एक कम्पनीमा शनिबार राती नेपाली र म्यानमारका कामदारबीच भएको झगडामा ललितपुरका इन्द्र तामाङको हत्या भएको हो ।
तामाङसँगै झापाका लालबहादुर लिम्बु घाइते भएको मलेसियन प्रहरीले जनाएको छ ।
छुरा प्रहारबाट घाइते भएका लिम्बुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।