तपाईंले जागिर परिवर्तन गर्नेबित्तिकै वा तपाईंलाई नियुक्ति दिने कम्पनीबाट चाहेको जस्तो तलब–सुविधा मिल्छ भन्ने निश्चितता पनि हुँदैन । यसकारण पनि तपाईंले जागिर परिवर्तन गर्नका निम्ति पाइला चाल्दा कम्तीमा ६ महिनासम्मको सबै खर्च धान्न सक्ने रकम साथमा हुनुपर्छ ।
के तपाईं निकट भविष्यमा आफ्नो जागिर परिवर्तन गर्दै हुनुहुन्छ ? यो प्रश्नको उत्तर यदि सकारात्मक दिनुहुन्छ भने तपाईंले सम्भावित आर्थिक चिन्ताबारे पनि विचार गर्नुपर्ने हुन्छ । वास्तवमा जागिर बदल्नु निकै गाह्रो काम हो । एकातिर भइरहेको जागिर छुट्ने, अर्कोतिर नयाँ जागिरको अनिश्चितता ! कमजोर आर्थिक अवस्था छ भने त यो काम थप कठिन बन्न पुग्छ । औसत अवस्था हेर्ने हो भने ३ देखि ६ महिनासम्ममा नयाँ जागिर पाउन सकिन्छ । तपाईंले जागिर परिवर्तन गर्नेबित्तिकै वा तपाईंलाई नियुक्ति दिने कम्पनीबाट चाहेको जस्तो तलब–सुविधा मिल्छ भन्ने निश्चितता पनि हुँदैन । यसकारण पनि तपाईंले जागिर परिवर्तन गर्नका निम्ति पाइला चाल्दा कम्तीमा ६ महिनासम्मको सबै खर्च धान्न सक्ने रकम साथमा हुनुपर्छ । तपार्इं यदि जागिर परिवर्तन गर्नेबारे सोच्दै हुनुहुन्छ भने तल उल्लेख गरिएका केही बुँदामा ध्यान दिनुहोस् ।
दैनिक खर्चको व्यवस्था
कुनै पनि कम्पनीको लगानीका कारण तपाईंको तलब–सुविधा पहिलाको भन्दा बढी हुन सक्ला । तर, त्यस बखत तपाईंको खर्चको क्षेत्र वृद्धि हुन गई आम्दानीले नधान्ने स्थिति पनि आउन सक्छ । मान्छे जब बढी कमाउन थाल्छ तब उसका आवश्यकता आफ से आफ बढ्न थाल्छन् । यसकारण तपाईंले आफ्नो खर्च गर्ने आदतमा परिवर्तन ल्याइ बचत कोषमा बढीभन्दा बढी जम्मा गर्ने काम गर्नुपर्छ । जागिर परिवर्तन गर्ने सोचसँगै तपाईंले आफ्ना गैरजरुरी खर्चमा कटौती ल्याउन सक्नुपर्छ । बन्ड किन्ने वा कुनै च्यारिटीलाई सहयोग गर्नेजस्ता काममा नियन्त्रण ल्याउनुपर्छ । यो अवधिमा जोसमा आएर गरिने खर्चमा अङ्कुश लगाउन सक्नुपर्छ । कुनै एउटा अल्पकालीन लिक्विड फन्ड वा मुद्दती बचतमा रकम जम्मा गर्न आरम्भ गर्नुपर्छ, ताकि यो रकम अप्ठेरो अवस्थामा काममा आउन सकोस् ।
सेवानिवृत्तिपछिको योजनामा असर
जागिर परिवर्तन गर्ने बेला धेरै कुरा हेक्का राख्नुपर्छ । तपाईं सेवानिवृत्त हुने समयमा यसले पार्न सक्ने खराब असरलाई कसरी कम गर्ने भन्ने योजना बनाउनुपर्छ । सेवानिवृत्तिको योजनामा खराब असर नपरोस् भनेर तपाईंले हरदम सोच्नु जरुरी हुन्छ । जागिर परिवर्तन गर्दा सेवानिवृत्तिलाई दृष्टिगत नगर्दा ठूलो घाटा हुन सक्छ । हरेक कामदार–कर्मचारीको सेवानिवृत्ति योजना फरकफरक हुन्छ, यसकारण यो कुरासँग जोडिएको वास्तविकताको जाँच गर्नु आवश्यक हुन्छ । के चलिरहेको जागिरलाई यस समयमा छोड्नु ठीक हुन्छ ? नयाँ जागिरमा जाने यो समय उचित हो कि होइन भन्नेबारे पनि विचार पु¥याउनु जरुरी हुन्छ । कुनै कम्पनी यस्ता पनि हुन्छन् जसले कर्मचारी सेवानिवृत्त हुँदा दिने सुविधा लिन केही समय कुर्नुपर्ने हुन्छ । यसले तपाईं सेवानिवृत्त हुनुको फाइदा निकै कम हुन पुग्छ । यो समयका बीच तपाईंले कुनै वैकल्पिक योजनामा विचार गर्नु राम्रो हुन्छ । पेन्सन खाता खोल्नु वा पब्लिक प्रोभिडेन्ट फन्ड खोल्नुजस्ता काम गर्न सकिन्छ ।
कम फाइदा
तपाईंले अन्य दुई उपायबारे पनि सोच्नु जरुरी हुन्छ । पहिलो, कामदार–कर्मचारी हितसँग सम्बन्धित छ भने अर्कोचाहिँ अक्वायर्ड फर्मसँग सम्बन्धित । अहिले तपाईंले गरिरहेको वार्षिक स्वास्थ्य बिमा प्याकेजमा जागिर परिवर्तनपछि कस्तो प्रभाव पर्न जान्छ ? नयाँ जागिरमा नियुक्ति दिने कम्पनीबाट तपाईंलाई कस्तो खालको सामूहिक बिमा योजनाको लाभ हुन सक्छ ? तपाईं साँच्चिकै भाग्यमानी हुनुहुन्छ भने तपाईंको वार्षिक आम्दानी बचत र खर्चभन्दा अधिक छ भने एलिजिबल, इनएलिजिबल या पोस्टपेड कम्पेन्सेसन स्किमबारे विचार गर्न सक्नुहुन्छ । यस्तो हुन कठिन छ, तर असम्भव छैन । तपाईंलाई सामूहिक फाइदा, कम्पनीमार्फत लाइफ इन्स्योसेन्स, विकलाङ्गता आय या दीर्घकालीन हेरविचार योजनालाई व्यक्तिगत पोलिसीमा रुपान्तरित गर्ने चलन पनि छ । यस्तो पोलिसी अपनाउने कम्पनीमा तपाईंको स्थानान्तरण भएको छ भने त राम्रै भयो, अन्यथा धेरै कुरामा विचार पु¥याउनुपर्छ ।
घर परिवर्तन गर्न खर्च
जब तपाईं आफूले रोजेको जागिर पाउनुहुन्छ तब घर परिवर्तन गर्नेबारे पनि सोच्ने अवस्था आउन सक्छ । नयाँ जागिरको कार्यालयबाट तपाईंको घर टाढा पर्छ ? त्यसो हो भने अस्थायी रुपमा बस्ने (डेरा) र खानेपिउने खर्च पुग्ने गरी तपाईंलाई तलब मिल्नुपर्छ । अर्को महङ्खवपूर्ण कुरा, तपाईंको बच्चाको अधुरो (घर परिवर्तन गर्दा विद्यालय पनि परिवर्तन हुन सक्छ) हुन पुगेको शिक्षा पूरा गर्न पुग्ने सुविधा पनि तपाईंले पाउनुपर्छ । यी कुरा निश्चित रुपमा पाउने गरी तपाईंले नियुक्ति लिँदा लिखित सम्झौता गर्नुपर्छ । उल्लिखित कुराहरुमा राम्ररी ध्यान दिँदै तपाईं नयाँ जागिरको खोजी गर्न सक्नुहुन्छ ।
नवभारत टाइम्सबाट भावानुवाद