कैलालीमा ग्याङ फाइट, एक जनाको मृत्यु

ग्याङ फाइटमा गोदावरी नगरपालिका–१ का २० वर्षीय अरुण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कैलाली प्रहरी प्रमुख एसपी आभूषण तिमिल्सेनाका अनुसार मृतक भट्टको छाती र पेटमा धारिलो हतियारको घाउ छ ।

काठमाडौं । कैलालीको अत्तरियामा शनिबार साँझ ग्याङ फाइट हुँदा एक जनाको मृत्यु भएको छ ।

ग्याङ फाइटमा गोदावरी नगरपालिका–१ का २० वर्षीय अरुण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कैलाली प्रहरी प्रमुख एसपी आभूषण तिमिल्सेनाका अनुसार मृतक भट्टको छाती र पेटमा धारिलो हतियारको घाउ छ ।

ग्याङ फाइटमा गम्भीर घाइते भएका भट्टलाई अत्तरियाको पद्मा अस्पताल हुँदै सेती अञ्चल अस्पताल धनगढी ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । ग्याङ फाइटमा सबिन कट्टेल, हरि राई र राजेश नेपाली घाइते भएको प्रहरीले जनाएको छ ।

अत्तरियामा जारी महोत्सवमा भएको ग्याङ फाइटका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।