केही समयअघि भन्सार छलीको सामान ल्याउँदा पक्राउ परेका ४ जना भारतीय नागरिकलाई छुटाउन भन्दै चौधरीले प्रहरीलाई १० हजार घुष दिन खोजेका थिए ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतीय नागरिक छुटाउन प्रहरीलाई घुस दिन खोज्ने भारतीय नागरिक बिजय चौधरीविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको छ ।
चौधरीले ४ जना भारतीय नागरिकलाई छुटाइ दिन भन्दै १० हजार घुस दिन खोजेका थिए । केही समयअघि भन्सार छलीको सामान ल्याउँदा पक्राउ परेका ४ जना भारतीय नागरिकलाई छुटाउन भन्दै चौधरीले प्रहरीलाई १० हजार घुष दिन खोजेका थिए ।
चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर अख्तियारको जिम्मा लगाएको थियो । अख्तियारले १० हजार बिगो मागदाबी गरेको छ ।