नक्कली शैक्षिक प्रमाणपत्रधारी नासुविरुद्ध विशेषमा मुद्दा दायर

मरासिनीले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश भारतबाट प्राप्त गरेको हाइस्कुल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी टाइपिष्ट नायबसुब्बा तृतीय श्रेणीमा प्रवेश गरी सरकारी लाभ तथा सुविधा लिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले बताए ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका नायबसुब्बा मीना मरासिनीविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको छ ।

मरासिनी बढुवा हुँदा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको खुलेपछि अख्तियारले विषेश अदालतमा मुद्दा दायर गरेको हो ।

मरासिनीले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश भारतबाट प्राप्त गरेको हाइस्कुल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी टाइपिष्ट नायबसुब्बा तृतीय श्रेणीमा प्रवेश गरी सरकारी लाभ तथा सुविधा लिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले बताए ।

मरासिनीलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ एवम् प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० अनुसारको कसुर गरेको देखिएको अख्तियारले जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९९२० र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम सजाय हुने मागदाबी छ ।