सुरर्खेतबाट चितुवाको छालासहित १ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले आइतबार वीरेन्द्रनगर नगरपालिका ३ कर्णाली रोडबाट २ थान चितुवाको छालासहित कालिकोट रासकोट नगरपालिका ४ का २९ वर्षीय टङ्कप्रसाद उपाध्यायलाई पक्राउ गरेको हो ।

काठमाडौं । प्रहरीले सुर्खेतबाट २ थान चितुवाको छालासहित १ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले आइतबार वीरेन्द्रनगर नगरपालिका ३ कर्णाली रोडबाट २ थान चितुवाको छालासहित कालिकोट रासकोट नगरपालिका ४ का २९ वर्षीय टङ्कप्रसाद उपाध्यायलाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा प्रहरीले उपाध्यायलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी प्रदीप क्षेत्रीले जानकारी दिए ।

चितुवाको छालासहित पक्राउ परेका उपाध्यायलाई आवश्यक कारबाहीका लागि जिल्ला बन कार्यालयमा बुझाउने तयारी भइरहेको प्रवक्ता क्षेत्रीले बताए ।