नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शनिबार काठमाडौंको कालिमाटीस्थित रवि भवनबाट बाल यौनदुराचार गरेको अभियोगमा बेलायती नागरिक इयान रोबर्ट कोललाई पक्राउ गरेको हो ।
काठमाडौं । बालकहरुलाई विभिन्न प्रलोभनका पारी बाल यौनदुराचार गरेको अभियोगमा प्रहरीले एक जना बेलायती नागरिकलाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शनिबार काठमाडौंको कालिमाटीस्थित रवि भवनबाट बाल यौनदुराचार गरेको अभियोगमा बेलायती नागरिक इयान रोबर्ट कोललाई पक्राउ गरेको हो ।
बेलायती नागरिकले काठमाडौं महानगरपालिका १३ कालिमाटीस्थित रवि भवनमा एक घर भाडामा लिएर बस्दै आएको र सोही ठाँउमा बालकलाई विभिन्न प्रलोभनमा पारी यौनशोषण गर्ने गरेको ब्युरोले जनाएको छ ।
उनको कोठाबाट ३ जना बालकलाई उद्धार गरिएको ब्युरोले जनाएको छ । बाल यौनदुराचारमा सहयोग गर्ने २ जना नेपालीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालेको ब्यूरोले जनाएको छ ।